आत्महत्या रोकथाम गर्न सचेतना कार्यक्रम

कास्की | असोज १४, २०७९

आत्महत्या रोकथाम गर्न सचेतना कार्यक्रम

पोखरा:   मनोसामाजिक सुस्वास्थ्य तथा आत्महत्या रोकथाम सम्बन्धी सचेतना कार्यक्रम बिहीबार सम्पन्न भएको छ ।

 

कोशिश राष्ट्रिय मानिसक स्वास्थ्य स्वाबलम्वन संगठनको आयोजना, सिबिएमको सहयोग र पोखरा महानगरपालिकाको स्वास्थ्य महाशाखाको सहकार्यमा कार्यक्रम भएको हो ।

 

पोखरामा भएको एक दिने कार्यक्रममा कोशिशका परियोजना संयोजक सुदिप घिमिरेले संस्थाको परिचय दिँदै संस्थाले गरेका गतिबिधिका बारेमा जानकारी गराए । उनले बहुपक्षीय सहयोग र सहकार्यमा मात्र आत्महत्याको जोखिम घटाउन सकिने उल्लेख गरे ।

 

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी निरिक्षक श्रीराम तिमिल्सेनलाले आत्महत्याको बर्तमान अवस्था, चुनौती र रोकथामका उपायहरुका बारेमा प्रस्तुतिकरण राखे । उनले आत्महत्या पूर्व देखिने संकेत र रोकथामको बारेमा जानकारी गराए । गण्डकी मेडिकल कलेजका मनोचिकित्सक रबिराज तिमिल्सेनाले मानसिक स्वास्थ्य, सरकारी निति सम्बन्धी प्रस्तुुतिकरण प्रस्तुत गरे ।

 

पोखरा महानगरपालिका स्वस्थ्य महाशाखाका जनस्वास्थ्य निरीक्षक दिपेन्द्र सुनारले महानगरले  आत्महत्या रोकथाममा गरेका गतिबिधिहरुको बारेमा जनाकारी दिए । उनले मानसिक स्वास्थयको क्षेत्रमा बजेट कम भएको गुनासो गरे ।  

 

कार्यक्रममा वडा नं. २२ का वडा अध्यक्ष हिमलाल पराजुली, मानोविद् बिनय पाण्डे, पैरवी अधिकृत बसन्ती खत्री, मनोबिर्मश कर्ता नबिना शर्मा लगाएतले मनोसामाजिक सुस्वास्थय तथा आत्महत्या रोकथामको बिषयमा बोलेका थिए ।  कार्यक्रममा पोखरा महानगरपालिकाका ४० जना जनप्रतिनिधिहरुको सहभागिता रहेको थियो ।  

 

 

काठमाडौं:   प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो  सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...

थप पढ्नुहोस्

चितवन:  जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।  उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...

थप पढ्नुहोस्

काठमाडौं:   नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

थप पढ्नुहोस्